गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा 'प्रुभिङ फ्लाइट'

 Q.  गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा 'प्रुभिङ फ्लाइट' कहिले भएको हो?

-वि.सं. २०७९ पुस २४

  • गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका - १०, सिमीचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा पुस २४ मा तारा एयरले सफल परीक्षण उडान गरेको ।

  • क्याप्टेन सन्दीप शाह नेतृत्वको टोलीले तारा एयरको द्विनअटर जहाज काठमाडौँबाट रेसुङ्गा विमानस्थलमा अवतरण गराई प्रुभिङ फ्लाइट गरिएको हो ।

  • विमानस्थल निर्माणको परिकल्पना २०३९ सालमा भए पनि २०६३ सालमा शिलान्यास भएको थियो । २०७१ सालबाट नियमित कार्य भएर २०७५ सालमा धुले धावनमार्गमा परीक्षण उडान हुँदै अहिले पक्की धावनमार्गमा 'प्रुमिङ' उडान भएको हो ।

  • कुल ३३ करोड रुपियाँको लागतमा निर्माण गरिएको यो विमानस्थलको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर रहेको | १५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुद्र सतहदेखि एक हजार ५२६ मिटरको उचाइमा अवस्थित रहेको । विमानस्थलमा २०७५ जेठ २५ गते धुले परीक्षण उडान भएको थियो ।

Sujit Prasad Kushwaha

A Dedicated Blogger Sharing Insights and Making a Difference.

Post a Comment

The comment section is your chance to make your mark. Don't hold back - add to the discussion and let your personality shine through!

Previous Post Next Post