प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी कार्यविधि, २०७९
उपप्रधानमन्त्रीस्तरबाट स्वीकृत मिति: २०७१/१०/०३ गते
प्रस्तावनाः नेपाल सरकारको प्रतिनिधिका रूपमा जिल्लामा खटिने प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्दा वा काज खटाउँदा नेतृत्व र समन्वय क्षमता, सुरक्षा व्यवस्थापन सम्बन्धी ज्ञान, स्थानीयस्तरको कार्य अनुभव, रुची, दक्षता र वरिष्ठताको आधारमा सरल, पारदर्शी एवम् अनुमानयोग्य रूपमा गर्न वाञ्छनीय भएकोले,
सुशासन (व्यवस्थापन तथा सञ्चालन नियमावली, २०६४ को नियम ९ ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले देहायको कार्यविधि बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यो कार्यविधिको नाम "प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा काज खटाउने सम्बन्धी कार्यविधि, २०७९" रहेको छ।
(२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,
(क) "मन्त्रालय" भन्नाले नेपाल सरकार, गृह मन्त्रालय सम्झनु पर्छ।
(ख) "विभाग" भन्नाले मन्त्रालय मातहत रहेका विभागहरू सम्झनु पर्छ।
(ग) "अधिकृत" भन्नाले राजपत्राकित प्रथम श्रेणीको कर्मचारी सम्झनु पर्छ र सो शब्दले
राजपत्राकित द्धितिय ध्रणिको कर्मचारी समेतलाई जनाउछ ।
३. योग्य हुनेः (१) देहायका अधिकृत कर्मचारी प्रमुख जिल्ला अधिकारीको पदमा पदस्थापना वा
सरुवा हुन वा काज खटाउन योग्य हुनेछन्:
(क) राजपत्राङ्गित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीको हकमा,
(अ) राजपत्राङ्ित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारी हुने 'क' वर्गको जिल्लामा मन्त्रालय, विभाग वा अन्तर्गत कम्तीमा एक वर्ष काम गरेको,
(आ) राजपत्राङ्कित ड्रितीय श्रेणीको अधिकृतलाई खटाउनु पर्ने अवस्थामा उक्त श्रेणीको पदमा कम्तीमा पाँच वर्षको प्रशासनिक क्षेत्रको कार्य अनुभव भएको,
(इ। कानूनमा स्नातक तह उत्तीर्ण वा मान्यता प्राप्त संस्थाबाट कम्तिमा तीन महिनाको न्याय तथा कानून सम्बन्धी तालीम प्राप्त गरेको ।
(ख) राजपत्राङ्गित द्वितीय श्रेणीको प्रमुख जिल्ला अधिकारीको हकमा,
(अ) राजपत्राङ्गित ट्रितीय श्रेणीको सहायक प्रमुख जिल्ला अधिकारी वा इलाका प्रशासन कार्यालयको प्रमुख भई वा मन्त्रालय, विभाग वा अन्तर्गत कम्तीमा एक वर्ष काम गरेको,
(आ) कानूनमा स्नातक तह उत्तीर्ण भएको वा मान्यता प्राप्त संस्थाबाट कम्तिमा तीन महिनाको न्याय तथा कानून सम्बन्धी तालीम प्राप्त गरेको ।
४. प्राथमिकता दिइनेः (१) प्रमुख जिल्ला अधिकारीको पदस्थापना वा सरुवा गर्दा वा काज 'खटाउँदा देहायका आधारमा प्राथमिकता दिइनेछ:
(क) पहिलो पटक प्रमुख जिल्ला अधिकारी खटाउँदा मन्त्रालय, विभाग वा अन्तर्गत कार्यालयमा कार्यरत राजपत्राङ्गित प्रथम वा ड्रितीय क्षेणीका अधिकृतमध्ये वरिष्ठ अधिकृतलाई,
(ख) काठमाडौं उपत्यकाका जिल्लामा पदस्थापन वा सरुवा गर्दा वा काज खटाउँदा 'ख' र 'ग' वर्गका जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी भई अनुभव हासिल गरिसकेको अधिकृतलाई,
(ग) प्रदेश राजधानी भएको जिल्लाको हकमा मन्त्रालय, विभाग वा अन्तर्गत कार्यालयमा वा प्रमुख जिल्ला अधिकारी भई कार्य गरिसकेका अधिकृतलाई ।
(घ) गृह सचिव र प्रमुख जिल्ला अधिकारीबीच हुने कार्यसम्पादन सम्झौताको मूल्याङ्गममा उत्कृष्ट हुने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ।
५.पदस्थापन वा सरुवा नगरिने वा नखटाइने; (१) देहायका अधिकृतलाई प्रमुख जिल्ला
अधिकारीको पदमा पदस्थापन वा सरुवा गरिने वा काज खटाइने छैन:
(क) विभागीय सजाय पाएको भए सो अवधिभर वा विभागीय कारवाहीको प्रक्रिया प्रारम्भ भएको भए सो प्रक्रिया नटुङ्गिएसम्म ।
(ख) कार्यसम्पादन सम्झौताको मूल्याङ्गममा ९० प्रतिशतभन्दा कम अङ्ग ल्याई अन्तिम तीनमा रहने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई तत्काल अर्को जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइने छैन।
(ग) राजपत्राङ्गित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारी रह_पदस्थापन ने पदमा राजपत्राङ्गित प्रथम श्रेणीको कर्मचारी उपलब्ध हुन नसक्ने अवस्थामा राजपत्राङ्गित द्वितीय श्रेणीको अधिकृतलाई खटाउँदा उक्त पदमा पाँच वर्ष पुरा नभएका अधिकृतलाई ।
(घ) राजपत्राङ्गित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारी रहने पदमा राजपत्राङ्गित द्वितीय श्रेणीको अधिकृतलाई खटाउँदा 'ग' वर्गका जिल्लामा खटाइनेछ।
(ङ) अधिकृतको स्थायी ठेगाना भएको जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापन, सरुवा गर्न वा काजमा खटाइने छैन।
(च) कुनै एक प्रदेशमा एक अवधि पुरा गरेका अधिकृतलाई पुनः सोही प्रदेशको अर्को जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा खटाइने छैन।
६.पदस्थापन वा सरुवा गर्ने वा काज खटाउने प्रयोजनको लागि जिल्लाको वर्गीकरण र आधार सम्बन्धी व्यवस्था: (१) राजपत्राङ्गित प्रथम भेणीको प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गरिने वा काजमा खटाइने प्रयोजनको लागि ६१ जिल्लालाई अनुसूची बमोजिम वर्गीकरण गरिएको छ।
(२) उपदफा (१) बमोजिम वर्गीकरण गरिएको जिल्लामा देहायका आधारमा प्रमुख जिल्ला अधिकारीको पदस्थापना वा सरुवा गरिने वा काजमा खटाइनेछः
(क) राजपत्राङ्गित प्रथम श्रेणीको अधिकृतलाई पहिलो पटक प्रमुख जिल्ला अधिकारीको रूपमा खटाउँदा अनुसूची बमोजिम 'ख' वा 'ग' वर्गको जिल्लामा खटाइनेछु। तर, मन्त्रालयको महाशाखा प्रमुख वा विभागमा महानिर्देशक भई न्यूनतम एक वर्ष कार्यसम्पादन गरेको अधिकृतलाई 'क' वर्गको जिल्लामा खटाउन वाधा पर्ने छैन।
स्पस्टीकरण: यस उपखण्डको प्रयोजनको लागि "पहिलो पटक" भन्नाले यो कार्यविधि प्रारम्भ भएपछि अन्य निकायबाट सरुवा भई यस मन्त्रालयमा आएका अधिकृतलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको पटकलाई पहिलो पटक संझनु पर्छ ।
(ख) राजपत्राङ्कित द्वितीय श्रेणीको प्रमुख जिल्ला अधिकारी रहने जिल्लामा प्रमुख जिल्ला अधिकारी खटाउँदा मन्त्रालय, विभाग वा अन्तर्गतका कार्यालयमा कम्तीमा एक वर्ष काम गरेको अधिकृतलाई,
(ग) अनुसूची बमोजिम 'ग' वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी भएको अधिकृतलाई 'ख' वा 'क' वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारीमा खटाइनेछ र निजको इच्छा विपरित पुनः 'ग' वर्गको जिल्लामा खटाइने छैन।
(घ) 'क' वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी भइरहेको अधिकृतलाई तत्काल 'क' बर्गको अर्को जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा खटाइने छैन।
तर, वार्षिक कार्यसम्पादन सम्झौताको मूल्याड्नको आधारमा उत्कृष्ट तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुसूची बमोजिम 'क' वर्गको जिल्लाबाट 'क' वर्गकै जिल्लामा खटाउन बाधा पर्ने छैन।
(३) गृह सचिव र प्रमुख जिल्ला अधिकारीबीच हुने कार्यसम्पादन सम्झौताको उपलब्धिस्तरको औसत अड्लाई समेत प्रमुख जिल्ला अधिकारीको पदस्थापन, सरुवा वा काजमा खटाउने आधार बनाइनेछ ।
७. कामकाज गर्ने अवधिः (१) विशेष परिस्थितिमा बाहेक एउटा जिल्लामा प्रमुख जिल्ला अधिकारीको कामकाज गर्ने अवधि सामान्यतया एक वर्षको हुनेछ ।
तर, २०७९ बैशाख १ गते अघि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा खटाईएका अधिकृतहरूको हकमा अन्यत्र कामकाजमा खटाउन बाधा पर्ने छैन।
स्पस्टीकरण: यस दफाको प्रयोजनको लागि "विशेष परिस्थिति" भन्नाले जिल्लाको शान्ति सुरक्षाको अवस्था बिग्रिन गएमा, प्रमुख जिल्ला अधिकारी लामो समय कार्यालयमा अनुपस्थित हुने अवस्था भएमा, निजको स्वास्थ्य अवस्था गम्भीर रूपमा बिग्रिन गएमा, विभागीय कारबाहीको सिफारिस भएमा, आचरण तथा अनुशासन सम्बन्धी प्रश्न उठेमा वा यस्तै प्रकृतिका संवेदनशील अवस्था सम्झनु पर्छ।
८.मन्त्रालय, विभाग वा अन्तर्गत कार्यालयमा पदस्थापना वा सरुवा गरिने वा काजमा खटाइने:
(१) निरन्तर तीनवटा जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बहन गरिसकेका राजपत्राँकित प्रथम श्रेणीका अधिकृतलाई मन्त्रालय, विभाग वा अन्तर्गत कार्यालयमा एक अवधिको लागि प्रमुख जिल्ला अधिकारी बाहेकको जिम्मेवारीमा खटाइनेछ।
(२) एक अवधि प्रमुख जिल्ला अधिकारी भइसकेको राजपत्राङ्गित ट्वितीय श्रेणीको अधिकृतलाई सहायक प्रमुख जिल्ला अधिकारीमा वा मन्त्रालय वा विभाग वा अन्तर्गतको कार्यालयको समान पदमा खटाई एक कार्यकाल सकिएपछि मात्रै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा खटाइनेछ।
(३) मन्त्रालय बाहिर सरुवा भई गएको राजपत्राङ्गित ढ्वितीय श्रेणीको अधिकृत पुनः मन्त्रालयमा सरुवा भई आएमा एक अवधि मन्त्रालय, विभाग वा अन्तर्गत कार्यालयमा कामकाज गरेपछि मात्र प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा खटाइनेछ।
९. कार्यविधि आन्तरिक प्रयोजनको लागि मात्र हुने: (१) यो कार्यविधि आन्तरिक प्रयोजनको लागि मात्र हुनेछ।
(२) यो कार्यविधि प्रारम्भ हुन् अघि राजपत्राङ्गित प्रथम श्रेणीको पदमा कार्यरत राजपत्राङ्कित द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारीको सम्वत् २०७९ साल माघ मसान्तसम्म 'यस कार्यविधि बमोजिम व्यवस्थापन गरिने छ।
१०. प्रचलित कानन बमोजिम हुनेः (१) यस कार्यविधिमा लेखिएका कुराहरू प्रचलित कानूनसँग बाझिएमा बाझिएको हदसम्म प्रचलित कानूनमा भएको
११. संशोधन वा खारेज हुने; (१) मन्त्रालयले यस कार्यविधिमा भएका व्यवस्था खारेज गर्न सक्नेछ।
अनुसूची
(दफा ६ को उपदफा (१), उपदफा (२) को खणड (क), (ग) र घ सँग सम्बन्धित)
राजपत्राङ्कित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन वा सरुवा वा काजको लागि
जिल्लाहरूको वर्गीकरण
काठमाडौं, कास्की, कैलाली, चितवन, झापा, पर्सा, बाँके, मकवानपुर, मोरङ, रुपन्देही, ललितपुर र सुनसरी ‘क’वर्गमा राखिएका छन् ।
इलाम, उदयपुर, कञ्चनपुर, कपिलवस्तु, काभ्रेपलाञ्चोक, गोरखा, तनहुँ, दाङ, धनुषा, धादिङ, नवलपरासी पूर्व र पश्चिम, नुवाकोट, पाल्पा, बर्दिया, बारा, भक्तपुर, महोत्तरी, रौतहट, बाग्लुङ, सप्तरी, सर्लाही, स्याङ्जा, सिन्धुपाल्चोक, सिरहा, सिन्धुली र सुर्खेतलाई ‘ख’वर्गमा राखिएको छ ।
त्यस्तै, ‘ग’वर्गमा अछाम, अर्घाखाँची, ओखलढुंगा, खोटाङ, गुल्मी, जाजरकोट, जुम्ला, डडेल्धुरा, डोटी, दैलेख, दोलखा, धनकुटा, पर्वत, पाँचथर, प्युठान, बैतडी, भोजपुर, रामेछाप, रोल्पा, लमुजङ, सल्यान र संखुवासभा राखिएको छ ।